काठमाडौं– नेकपा एमालेले सरकार र राष्ट्रपतिको उम्मेदवारीबारे शनिबार बिहान निर्णय गर्ने भएको छ। जसका लागि एमालेले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ।
सम्भवतः शनिबार नै सरकारबाट बाहिरिने निर्णय हुन सक्ने एमालेका एक पदाधिकारीले बताए।
शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ।
सुरुमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा बैठकमा बसेपनि पछि नागरिक उन्मुक्ति, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चा पनि बैठकमा सहभागी भएका थिए।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि भोलि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।