फाइल तस्बिर।
काठमाडौं- प्रतिनिधि सभाको सुरुआतमै सांसदहरू हाजिर गरेर हिँड्ने क्रम बढेको छ। शुक्रबार सांसदहरूले संसद् बंक गर्दा ‘अनुगमन तथा मूल्यांकन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ’ पेस गरिए पनि निर्णय हुन सकेन।
उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेका थिए। तर, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नियमापत्ति जनाए। संयुक्त प्रस्ताव निर्णयार्थ पेस हुन प्रतिनिधि सभाको एक चौथाइ उपस्थित हुनुपर्नेमा जम्मा ५० जना थिए। एक चौथाइ अर्थात् गणपूरक ६९ संख्या हुनुपर्छ।
लेखकले भने, ‘आज प्रतिनिधि सभाको १२औं बैठक भयो। यो सरकार उदासिन भयो। सत्ता पक्ष उदासिन भयो। सरकारमा प्रसस्त पार्टी हुनुहुन्छ। तर, हाउसमा गणपूरक संख्या पुग्दैन। सत्ता र सरकार उदासिन भएपछि प्रतिपक्ष उदासिन हुने नै भयो।’
लेखकले नियमापत्ति जनाएपछि तीन मिनेट घण्टी बजाइएको थियो। तर, सांसदहरू आएनन्। त्यसपछि बाँकी कार्यसूचीबाट हटाएर बैठक फागुन १५ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।