काठमाडौं– खानेपानी मन्त्री अब्दुल खानले आफूहरु राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताएका छन्।
जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री खानले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका हुन्।
उनले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताए। राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरुको जोड रहेको उनको भनाइ छ।
मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरुले आफूहरुसँग कुनै छलफल नगरेका पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।