काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब २ घण्टा छलफल गरेर एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल बालुवाटार पुगेका छन्।
राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ। शुक्रबार बिहान कांग्रेससहित, माओवादी, एकीकृत समाजवादी र जसपा नेताको बालुवाटारमा छलफल भएको थियो।
उक्त छलफलमा पुस १० गतेअघिकै गठबन्धन ब्युँताउने सहमति जुटेको छ। उपराष्ट्रपति जसपालाई दिने लगभग सहमति जुटिसकेको छ। राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गरिरहेका छन्।
अहिले बालुवाटारमा बस्ने चार दलको बैठकले सबै विषयमा अन्तिम टुंगो लगाउने नेताहरूको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।