काठमाडौं– परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखसँग भर्चुल छलफल गरेकी छन्। शुक्रबार भएको छलफलमा परराष्ट्र सचिव भरतराज पौड्याल पनि सहभागी थिए।
छलफलका क्रममा मन्त्री पौड्यालले परराष्ट्र नीतिका प्राथमिकतालाई विशेष ध्यान दिँदै सेवा प्रवाह गर्न निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
छलफलपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्रमन्त्री माननीय डा विमला राई पौड्याल र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगका प्रमुखहरु बीच आज भर्चुअल छलफल भएको छ। उक्त छलफलमा मन्त्रीले परराष्ट्र नीतिका प्राथमिकतालाई विशेष ध्यान दिँदै सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यकतामा प्रकाश पार्नुभएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।