काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेट सकिएको छ।
करिब २ घण्टा चलेको छलफल सकेर एमाले अध्यक्ष ओली बालुवाटारबाट बाहिरिएका छन्। दिउँसो २:३० बजे संसद् भवनबाट बालुवाटार पुगेका ओली ५ बजे मात्र निस्केका हुन्। उनीहरुले एक्लाएक्लै छलफल गरेका थिए।
छलफलबारे केही जानकारी नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा ओलीले पुस १० गतेको सहमति अनुसार रााष्ट्रपतिको दाबी पेस गरेका थिए। प्रधानमन्त्री दाहालले शक्ति सन्तुलनका लागि सबैलाई मिलाएर लैजानुपर्ने भएकाले आफू छलफलमै रहेको बताएको स्रोतले जनाएको छ।
बालुवाटारमा केहीबेरमा नेपाली कांग्रेससहितका दलहरुको निर्णायक बैठक बोलाइएको छ। उनीहरूबीच बिहान पनि छलफल भएको थियो। बिहान भएको छलफल अनुसार राष्ट्रपतिमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलको नाम अघि सारेको छ। एकीकृत समाजवादीले माधव नेपालको नाम अघि सारेको छ। त्यस्तै, सत्ता गठ
बन्धनभित्र शक्ति बाँडफाँटको कुरामा पनि छलफल हुन बाँकी छ। साँझको बैठकबाट सबै टुंग्याइने नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।