काठमाडौं– सभामुख देवराज घिमिरेले संसद्मा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए।
सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन दिएका हुन्।
‘माननीय सदस्यहरू, शून्य समय र विशेष समयमा माननीय सदस्यहरूबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु’, सभामुख घिमिरेले भने।
संसद्मा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।