काठमाडौं– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पेस गर्ने स्वीकृति दिएको सञ्चारमन्त्री रेखा शर्माले शुक्रबार जानकारी दिइन्।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी ऐन अध्ययादेशमार्फत संशोधन गरेका थिए।
विवादास्पद उक्त विधेयकका आधारमा ओलीले संवैधानिक निकायमा ५२ जनालाई नियुक्त गरेका थिए। उक्त विधेयकलाई मन्त्रिपरिषद्को अघिल्लो बैठकले फिर्ता लिएको थियो।
यस्तै, बिहिबारकमो बैठकले विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति दिएको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
![Cabinel-fagun-111677235884.jpg](https://nepallive.net/uploads/posts/Cabinel-fagun-111677235884.jpg)
![Cabinet-11-fagun1677235884.jpg](https://nepallive.net/uploads/posts/Cabinet-11-fagun1677235884.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।