काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिका विषयमा राजनीतिक दलहरुका बीचमा व्यापक छलफल हुन जरुरी रहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको रुपमा चर्चा हुनु भने दुखद् भएको बताए।
‘आज सेरोमोनियल राष्ट्रपतिको प्रसंगलाई कार्यकारी राष्ट्रपतिको जस्तो बहस भइरहेको छ। यो दुखद् कुरा हो। पहिलो अजेण्डामा सहमति गरौं’, शर्माले भने।
उनले राष्ट्रिय सहमतिका आधारमा यस्ता कुरा टुंग्याउनु पर्ने बताए। शर्माले देशले राष्ट्रिय सहमति खोजेको बताउँदै सबै पार्टीलाई समेटेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नु पर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।