काठमाडौं– जसपा सांसद रेखा यादवले सांसदको शून्य समयमा बोलेका कुरामा सुनुवाइ नभएको बताएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले आफूहरु सांसदमा समस्या मात्र सुनाउने बसेका हौँ? भनेर प्रश्न गरेकी छन्।
‘शून्य समयमा धेरै साथीहरुले प्रश्न उठाइरहनुभएको छ। तर त्यसको जवाफ आइरहेको छैन। किन जवाफ आउँदैन? के हामी प्रश्न मात्रै उठाउन बसेका छौँ वा समस्या मात्रै सुनाउन बसेका हौँ। त्यसका समाधान तथा उपायहरु पनि देखाइन्छ देखाइँदैन?,’ सांसद यादवले भनिन्।
उनले सांसदहरुले उठाएका कुरालाई तत्काल सुनुवाइ गर्न पनि माग गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।