फाइल तस्बिर। काठमाडौं- राष्ट्रपतिका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। संसद् भवनबाट उनी सिधै बालुवाटार पुगेका हुन्।
केहीबेरअघि बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका प्रचण्डले यसअघि चार दलसँग छलफल गरेका छन्।
चार दलको बैठक बेलुकी ५ बजेपछि फेरि बस्ने तयारी छ। त्यसअघि एमाले अध्यक्ष ओलीसँग समेत सोही विषयमा प्रचण्डले छलफल गर्दैछन्।
एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरिसकेको छ। एकीकृत समाजवादीले चार दलीय गठबन्धनमा समेत आफ्नो दाबी प्रस्तुत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।