काठमाडौं- चारदलीय गठबन्धनमा उपराष्ट्रपति दाबी गर्ने जनता समाजवादी पार्टी (जसपा) एक्लो भएको छ। शुक्रबार बिहान राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति जुटाउन बसेको चार दलको बैठकमा जसपाले मात्रै दाबी पेस गरेको हो।
अन्य तीनमध्ये दुई पार्टी नेपाली कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपति पदमै दाबी गरेका छन्। माओवादी केन्द्रबाट प्रधानमन्त्री रहेकाले दुवै पदमा कुनै दाबी नपरेको बैठकमा उपस्थित एक नेताले बताए।
बिहीबार साँझ बसेको माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीको बैठकमा जसपाले आफ्नो तर्फबाट उपराष्ट्रपतिको दाबी रहेको बताएको थियो।
दुई पार्टीले त्यहीँ सहमति जनाएका थिए। राष्ट्रपतिमा दाबी गरिरहेको कांग्रेसले उक्त पदमा रुचि नदेखाएको ती नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।