काठमाडौं- नेपाली कांग्रेसका सांसद एनपी साउदले सांसदहरुले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई रुलिङ गर्न सभामुख समक्ष माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साउदले भने, ‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरिका समस्यालाई सांसदहरुले एक मिनेटभित्र सदनभित्र उठाउनुपर्ने परम्परा छ। यसका बारेमा सरकारका मन्त्रीहरु आएर जवाफ नदिने गरेको हुनाले संसदको गरिमा घटेको छ। ’
उनले प्रजातन्त्रमा सुशासन र जवाफदेहिताको महत्व रहेको बताउँदै मन्त्रीहरु र सरकारलाई स्पष्ट रुपमा संसदमा आएर सांसदका प्रश्नका जवाफ दिन रुलिङ गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।