काठमाडौं– नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले उक्त माग गरेका हुन्।
‘मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ भने अर्कोतर्फ मुलुक आर्थिक बेथितिबाट आक्रान्त छ। आर्थिक संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्नुपर्छ र त्यसका लागि ठूलाठूला भ्रष्टाचार काण्डको छानविन हुनुपर्छ,’ सांसद गुरुङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।