काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ४ दलको बैठक विना निष्कर्ष टुंगिएको छ। राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बसेको थियो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बठक सकारात्मक भएको जानकारी दिए। तर, दलहरुले आन्तरिक छलफल गर्नुपर्ने भएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको बताए।
महामन्त्री थापाले शुक्रबार नै साँझ ५ बजे पुन: बैठक बस्ने जानकारी दिए। ‘५ बजे पुन: बैठक बस्छौं। त्यो बैठकबाट टुंगोमा पुग्छौं,’ थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।