काठमाडौं– आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले ११ सय ११ जनाको स्ववियु परिचालन कमिटी गठन गरेको छ।
फागुन ७/८ गते बसेको अनेरास्ववियू स्थायी कमिटीको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सूदुरपश्चिम विश्वविद्यालयमा क्रमश: चैत ३, ५ र ८ हुने स्ववियु निर्वाचनको लागि अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा उक्त कमिटी गठन गरेको हो।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै अनेरास्ववियूले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित स्ववियु निर्वाचन गर्न मागसमेत गरेको छ। साथै स्ववियु निर्वाचनका नारासमेत तय गरिएको बताएको छ।
यसका साथै राजनीतिक अजेण्डा मिल्ने विद्यार्थी संगठनसँग तालमेल र तालमेल नभएका ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।