भक्तपुर– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउनसके देशको स्वाधिनताको रक्षा हुने बताएका छन्।
बिहीबार रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताएका हुन्।
उनले देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने धारण राखे। नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा दलहरुकाबीचमा आपसी सहमति र सहकार्य हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘राष्ट्रपतिको सन्दर्भमा सबैकाबीचमा आवश्यक सहमतिको आधारमा अगाडि बढौं। संविधानको संरक्षण पनि हुनुपर्यो। गणतन्त्रको रक्षा पनि हुनुपर्यो। राष्ट्रिय स्वाधिनताको रक्षा पनि हुनुपर्यो। राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै दलले मान्ने प्रकारको, सबै दलले समर्थन गर्ने खालको पात्र हुनुपर्यो। त्यसो भयो भने बल्ल एकताको प्रतीक हुनसक्छ। राष्ट्रिय एकताको प्रवर्द्धक बन्नसक्छ। यो मोडेलमा जानुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।