काठमाडौं– राष्ट्रपतिको निर्वाचनलाई लिएर चुनावी गठबन्धनका घटकहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक निष्कर्षविहीन टुंगिएको छ।
राष्ट्रपतिको निर्वाचनका लागि चुनावी गठबन्धन ब्युँताउन प्रयास अनुरुप तीन दलको बैठक सिंहदरबारमा बसेको थियो। तर बैठक कुनै निर्णयमा भने पुग्न सकेन।
बैठकमा राष्ट्रपतिका विषयमा छलफल भएको तर कुनै ठोस निर्णयमा पुग्न भने नसिकएको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए।
यस विषयमा छलफलका लागि तीन दलको बैठक शुक्रबार पनि बस्ने शर्माले बताए। नेपाली कांग्रेससँग बसेर निर्णायक छलफल गर्नुअघि सिंहदरबारमा यि तीन दलको बैठक बसेको हो।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी थिए। यसैगरी, जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ थिए भने एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपालसहित प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।