काठमाडौं- राष्ट्रपतिको निर्वाचनसँगै पुरानै गठबन्धन ब्युँताउन प्रयास अनुरुप तीन दलको बैठक सुरु भएको छ।
नेपाली कांग्रेससँग बसेर निर्णायक छलफल गर्नुअघि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक सिंहदरबारमा बसेको हो।
बुधबार रातिको छलफलको कार्यतालिका अनुसार तीन दलको बैठक बसेको हो। बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन्।
यसैगरी, जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ छन्। एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपालसहित प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।