काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सिंहदरबार पुगेका छन्। उनी नेता राजेन्द्र श्रेष्ठसहित सिंहदरबार पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि पार्टीका शीर्ष नेताहरूसँग अध्यक्ष यादवले अनौपचारिक छलफल गरेका थिए। पुरानै गठबन्धन ब्युँताउने कांग्रेस र माओवादी केन्द्रको प्रस्तावमा जसपा सकारात्मक देखिएको छ।
जसपाका एक नेताका अनुसार अहिले भइरहेको पहलमा जसपा पनि सकारात्मक छ। उनी भन्छन्, ‘अहिलेसम्म माहोल सकारात्मक भएकाले भेटघाटका लागि अध्यक्षज्यू जानुभएको हो। संवाद सकारात्मक नै होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।