Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

64x64
रासस बिहीबार, फागुन ११, २०७९  १४:५४
1140x725

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका रेश्मी चौधरीलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै वन क्षेत्रमा जानुपर्ने झन्झट छैन।

घरमा गोबरग्यास प्लान्ट जडान भएपछि चौधरीले दाउराको झन्झटबाट मुक्ति पाएकी छन्। पहिला जस्तो उनमा श्वासप्रश्वासको समस्या छैन। ‘दाउरा चुलोमा बाल्दा आउने धुवाँका कारण खोकी लाग्ने समस्या थियो’, उनले भनिन्, ‘हाल गोबरग्यास प्लान्ट जडानसँगै खोकीको समस्याबाट छुटकारा पाइएको छ।’ 

गोबरग्यास जडान भएपछि दाउरा ल्याउने समय उनले तरकारी खेतीका लागि छुट्याएकी छन्। उनले खेतमै लगाइएको तरकारी खेतीको गोडमेल गर्ने, बेर्ना रोप्ने, तरकारी बजारमा पुर्‍याएर बेच्ने कार्य गर्दै आएकी छन्। 

‘गोबरग्यास जडानसँगै समयको बचत भयो, गोबरग्यासबाट निस्कने ग्यासले खाना बनाउछौं, ट्याङ्कीबाट निस्कने गोबरको लेदोलाई खेतबारीमा हाल्ने गरेका छौं’, उनले भनिन्, ‘यसले खेतबारीमा लगाएको तरकारी सप्रिएको छ, उत्पादन बढ्दो छ, तरकारी बिक्री गरेर घर खर्च सहजरुपमा चल्न थालेको छ।’

गोबरग्यास प्लान्ट घरमा जडान भएसँगै उनीजस्तै सावित्री चौधरीको आम्दानी बढेको छ। ‘दाउराकै लागि वन क्षेत्रमा जानुपर्ने बाध्यता  थियो’, उनले भनिन्, ‘वन क्षेत्रमा वन रक्षाको आँखा छिचोल्दै दाउरा ल्याउनु पर्दथ्यो, घरमै गुइँठा तयार गर्नु पर्दथ्यो, समय निकै लाग्दथ्यो, घरका महिलाले ती कार्य गर्न पूरै दिन खर्चिनु पर्दथ्यो, अब त्यो विगत भइसक्यो, गोबरग्यास जडानसँगै दाउरा र गुइँठाको समस्या हल भएको छ।’

घरमा पालिएका वस्तुभाउको गोबर गोबरग्यास प्लान्टमा राखेपछि आउने ग्यास बालेर बिहानको नास्तादेखि दिउँसो र साँझको खाना पाक्ने गरेको उनले बताइन्। दाउरा ल्याउने समय हाल खेतबारीमा बिताउने गरेको उनको भनाइ छ। खेतबारीमा तरकारी उत्पादन गरी वर्षमा रु तीन लाखदेखि पाँच लाखसम्म उनले आम्दानी गर्दै आएकी छन्। 

पीपलाडी गाउँका ६० प्रतिशत घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ। गोबरग्यास प्लान्ट निर्माणका लागि नगरपालिकाको ऊर्जा शाखाले विगत चार वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको छ। नगरपालिकको ऊर्जा शाखाका स्रोत व्यक्ति सुरेन्द्रदेव भट्टका अनुसार आव २०७५/७६ मा ३२, आव २०७६/७७ मा १६, आव २०७७/७८ मा १८ र आव २०७८/७९ मा १४ गरी ८० गोबरग्यास प्लान्ट जडान गरिएका छन्। 

आव २०७५/७६ मा गोबरग्यास प्लान्ट जडानका लागि प्रतिप्लान्ट १४ हजार चार सयका दरले आव २०७६/७७ मा २८ हजारका दरले, आव २०७७/७८ मा ३० हजारका दरले र आव २०७८/७९ मा २६ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गोबरग्यास प्लान्ट जडानसँगै शौचालय निर्माणका लागि अनुदान रकम उपलब्ध गराएका छौं’, उनले भने, ‘नगरपालिकाले उपलब्ध गराएको रकमले पूरै प्लान्ट जडान गर्नका लागि नपुग्ने भएकाले केही रकम अनुदान प्राप्त गर्ने लाभग्राही र केही रकम निर्माण गर्ने कम्पनीले व्यहोर्ने गरी सम्झौता गरी गोबरग्यास प्लान्ट निर्माणको काम भइरहेको छ।’

चालू आवका लागि गोबरग्यास प्लान्ट जडानका लागि लाभग्राही छनोटको काम भइरहेको उनले जानकारी दिए। नगरपालिकाका कूल १० हजार चार सय ५८ घरधुरीमध्ये दुई हजार ९१ घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ। कूल २० प्रतिशत घरघुरीले गोबरग्यास प्लान्ट जडान गरेका छन्। अझै पनि ५० प्रतिशत घरमा परम्परागत ऊर्जामा आधारित चुलोको प्रयोग भइरहेको छ। 

परम्परागत चुलो प्रयोग गर्नेले इन्धनका रुपमा दाउराका प्रयोग गर्दै आएका छन्। ३० प्रतिशत परिवारले एलपी ग्यास सिलिन्डरलाई खाना बनाउनका लागि प्रयोगमा ल्याएका छन्। नगर क्षेत्रमा बसोबास गर्ने केही परिवारलाई गोबरग्यास प्लान्ट जडानकै लागि सामुदायिक वनले पनि अनुदान रकम उपलब्ध गराउँदै आएका छन्।

नगर उपप्रमुख कल्पना जोशी पन्तले नगरपालिकालाई आगामी पाँच वर्षभित्र घरघरमा धुवाँरहित चुल्हो र बायोग्यास प्लान्ट जडान गरी वातावरणमैत्री नगरपालिकाका रुपमा चिनाउन कार्यक्रम सञ्चालन गरिने बताइन्। 

Xtrem

Xtrem

‘बायोग्यास तथा सौर्य बत्ती जडान गर्दा अतिविपन्न, एकल महिलासँगै सिमान्तकृत वर्गका लागि शतप्रतिशत अनुदानको व्यवस्था गर्छौं’, उनले भनिन्, ‘आवश्यक अनुदान रकमका लागि दातृ निकायसँग समन्वय गर्ने काम भइरहेको छ।’

उनका अनुसार गोबरग्यास प्लान्ट जडानसँगै नगरपालिकाका–१ देखि १२ सम्मका बासिन्दालाई सुधारिएको र विद्युतीय चुल्हो वितरणको काम हुँदै आएको छ। चार वर्षको अवधिमा पाँच सय थान सुधारिएको फलामे चुल्हो, विद्युतीय इन्डक्सन एक सय २८ थान चुलो वितरणको गरिएको छ। नगरपालिकाका ४२ स्थानमा सौर्य बत्ती र सेन्सरयुक्त बत्ती जडानको काम गरिएको छ। 

‘बायोग्यास खाना पकाउने स्वच्छ इन्धनका रुपमा रहेको छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भने, ‘गरिबी न्यूनीकरण गर्ने कामसँगै जलवायु परिवर्तनमा हुने प्रभाव कम गर्न यसले सघाउ हुन्छ, वन जङ्गल विनाश हुनबाट जोगाउँछ।’ 

परम्परागत ऊर्जाका स्रोतका रुपमा रहेका दाउरा, गुइँठाको प्रयोगले पर्यावरणीय प्रभाव मात्रै नभएर यसले गृहणीको स्वास्थ्य र समयलाई पनि नोक्सान पुर्‍याइरहेकाले परम्परागत ऊर्जालाई कम गर्दै लैजाने नीति नगरपालिकाले अघि सारेको उनले उल्लेख गरे।। 

‘समुदायमा नवीकरणीय ऊर्जासम्बन्धी जनचेतनाको कमीले गर्दा वैकल्पिक ऊर्जा प्रविधिको प्रयोगभन्दा परम्परागत तरिकाबाट ऊर्जाको प्रयोग गर्ने बढी छन्, त्यसलाई निरुत्साहित गर्न अनुदानका कार्यक्रमसँगै जनचेतनासम्बन्धी कार्यक्रममा जोड दिएका छौं’, उनले भने।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्