• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

64x64
रासस बिहीबार, फागुन ११, २०७९  १४:५४
1140x725

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका रेश्मी चौधरीलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै वन क्षेत्रमा जानुपर्ने झन्झट छैन।

घरमा गोबरग्यास प्लान्ट जडान भएपछि चौधरीले दाउराको झन्झटबाट मुक्ति पाएकी छन्। पहिला जस्तो उनमा श्वासप्रश्वासको समस्या छैन। ‘दाउरा चुलोमा बाल्दा आउने धुवाँका कारण खोकी लाग्ने समस्या थियो’, उनले भनिन्, ‘हाल गोबरग्यास प्लान्ट जडानसँगै खोकीको समस्याबाट छुटकारा पाइएको छ।’ 

गोबरग्यास जडान भएपछि दाउरा ल्याउने समय उनले तरकारी खेतीका लागि छुट्याएकी छन्। उनले खेतमै लगाइएको तरकारी खेतीको गोडमेल गर्ने, बेर्ना रोप्ने, तरकारी बजारमा पुर्‍याएर बेच्ने कार्य गर्दै आएकी छन्। 

‘गोबरग्यास जडानसँगै समयको बचत भयो, गोबरग्यासबाट निस्कने ग्यासले खाना बनाउछौं, ट्याङ्कीबाट निस्कने गोबरको लेदोलाई खेतबारीमा हाल्ने गरेका छौं’, उनले भनिन्, ‘यसले खेतबारीमा लगाएको तरकारी सप्रिएको छ, उत्पादन बढ्दो छ, तरकारी बिक्री गरेर घर खर्च सहजरुपमा चल्न थालेको छ।’

गोबरग्यास प्लान्ट घरमा जडान भएसँगै उनीजस्तै सावित्री चौधरीको आम्दानी बढेको छ। ‘दाउराकै लागि वन क्षेत्रमा जानुपर्ने बाध्यता  थियो’, उनले भनिन्, ‘वन क्षेत्रमा वन रक्षाको आँखा छिचोल्दै दाउरा ल्याउनु पर्दथ्यो, घरमै गुइँठा तयार गर्नु पर्दथ्यो, समय निकै लाग्दथ्यो, घरका महिलाले ती कार्य गर्न पूरै दिन खर्चिनु पर्दथ्यो, अब त्यो विगत भइसक्यो, गोबरग्यास जडानसँगै दाउरा र गुइँठाको समस्या हल भएको छ।’

घरमा पालिएका वस्तुभाउको गोबर गोबरग्यास प्लान्टमा राखेपछि आउने ग्यास बालेर बिहानको नास्तादेखि दिउँसो र साँझको खाना पाक्ने गरेको उनले बताइन्। दाउरा ल्याउने समय हाल खेतबारीमा बिताउने गरेको उनको भनाइ छ। खेतबारीमा तरकारी उत्पादन गरी वर्षमा रु तीन लाखदेखि पाँच लाखसम्म उनले आम्दानी गर्दै आएकी छन्। 

पीपलाडी गाउँका ६० प्रतिशत घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ। गोबरग्यास प्लान्ट निर्माणका लागि नगरपालिकाको ऊर्जा शाखाले विगत चार वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको छ। नगरपालिकको ऊर्जा शाखाका स्रोत व्यक्ति सुरेन्द्रदेव भट्टका अनुसार आव २०७५/७६ मा ३२, आव २०७६/७७ मा १६, आव २०७७/७८ मा १८ र आव २०७८/७९ मा १४ गरी ८० गोबरग्यास प्लान्ट जडान गरिएका छन्। 

आव २०७५/७६ मा गोबरग्यास प्लान्ट जडानका लागि प्रतिप्लान्ट १४ हजार चार सयका दरले आव २०७६/७७ मा २८ हजारका दरले, आव २०७७/७८ मा ३० हजारका दरले र आव २०७८/७९ मा २६ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ। 

Ncell 2
Ncell 2

‘गोबरग्यास प्लान्ट जडानसँगै शौचालय निर्माणका लागि अनुदान रकम उपलब्ध गराएका छौं’, उनले भने, ‘नगरपालिकाले उपलब्ध गराएको रकमले पूरै प्लान्ट जडान गर्नका लागि नपुग्ने भएकाले केही रकम अनुदान प्राप्त गर्ने लाभग्राही र केही रकम निर्माण गर्ने कम्पनीले व्यहोर्ने गरी सम्झौता गरी गोबरग्यास प्लान्ट निर्माणको काम भइरहेको छ।’

चालू आवका लागि गोबरग्यास प्लान्ट जडानका लागि लाभग्राही छनोटको काम भइरहेको उनले जानकारी दिए। नगरपालिकाका कूल १० हजार चार सय ५८ घरधुरीमध्ये दुई हजार ९१ घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ। कूल २० प्रतिशत घरघुरीले गोबरग्यास प्लान्ट जडान गरेका छन्। अझै पनि ५० प्रतिशत घरमा परम्परागत ऊर्जामा आधारित चुलोको प्रयोग भइरहेको छ। 

परम्परागत चुलो प्रयोग गर्नेले इन्धनका रुपमा दाउराका प्रयोग गर्दै आएका छन्। ३० प्रतिशत परिवारले एलपी ग्यास सिलिन्डरलाई खाना बनाउनका लागि प्रयोगमा ल्याएका छन्। नगर क्षेत्रमा बसोबास गर्ने केही परिवारलाई गोबरग्यास प्लान्ट जडानकै लागि सामुदायिक वनले पनि अनुदान रकम उपलब्ध गराउँदै आएका छन्।

नगर उपप्रमुख कल्पना जोशी पन्तले नगरपालिकालाई आगामी पाँच वर्षभित्र घरघरमा धुवाँरहित चुल्हो र बायोग्यास प्लान्ट जडान गरी वातावरणमैत्री नगरपालिकाका रुपमा चिनाउन कार्यक्रम सञ्चालन गरिने बताइन्। 

‘बायोग्यास तथा सौर्य बत्ती जडान गर्दा अतिविपन्न, एकल महिलासँगै सिमान्तकृत वर्गका लागि शतप्रतिशत अनुदानको व्यवस्था गर्छौं’, उनले भनिन्, ‘आवश्यक अनुदान रकमका लागि दातृ निकायसँग समन्वय गर्ने काम भइरहेको छ।’

उनका अनुसार गोबरग्यास प्लान्ट जडानसँगै नगरपालिकाका–१ देखि १२ सम्मका बासिन्दालाई सुधारिएको र विद्युतीय चुल्हो वितरणको काम हुँदै आएको छ। चार वर्षको अवधिमा पाँच सय थान सुधारिएको फलामे चुल्हो, विद्युतीय इन्डक्सन एक सय २८ थान चुलो वितरणको गरिएको छ। नगरपालिकाका ४२ स्थानमा सौर्य बत्ती र सेन्सरयुक्त बत्ती जडानको काम गरिएको छ। 

‘बायोग्यास खाना पकाउने स्वच्छ इन्धनका रुपमा रहेको छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भने, ‘गरिबी न्यूनीकरण गर्ने कामसँगै जलवायु परिवर्तनमा हुने प्रभाव कम गर्न यसले सघाउ हुन्छ, वन जङ्गल विनाश हुनबाट जोगाउँछ।’ 

परम्परागत ऊर्जाका स्रोतका रुपमा रहेका दाउरा, गुइँठाको प्रयोगले पर्यावरणीय प्रभाव मात्रै नभएर यसले गृहणीको स्वास्थ्य र समयलाई पनि नोक्सान पुर्‍याइरहेकाले परम्परागत ऊर्जालाई कम गर्दै लैजाने नीति नगरपालिकाले अघि सारेको उनले उल्लेख गरे।। 

‘समुदायमा नवीकरणीय ऊर्जासम्बन्धी जनचेतनाको कमीले गर्दा वैकल्पिक ऊर्जा प्रविधिको प्रयोगभन्दा परम्परागत तरिकाबाट ऊर्जाको प्रयोग गर्ने बढी छन्, त्यसलाई निरुत्साहित गर्न अनुदानका कार्यक्रमसँगै जनचेतनासम्बन्धी कार्यक्रममा जोड दिएका छौं’, उनले भने।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् ।... मंगलबार, माघ १३, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको ह... आइतबार, माघ ११, २०८२
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत मंगलबार, माघ १३, २०८२
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्