काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन्।
राष्ट्रपतिको उम्मेदवारको विषयमा वर्तमान गठबन्धनमा तिक्तता बढ्दै जाँदा अध्यक्ष ओलीको उक्त अभिव्यक्ति आएको हो।
‘प्रचण्डले कांग्रेसलाई समर्थन गर्दै गर्नुहुन्न,गर्नै मिल्दैन। किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नु भएको छ,’ ओली बिहीबार सञ्चारकर्मीहरूसँग भने।
यता, कांग्रेससहितको पुस १० अघिको गठबन्धनसँग प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफल गर्दैछन्। पुस १० अघिकै गठबन्धन ब्युँताउनेगरि छलफल चलिरहेको शीर्ष नेताहरूको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।