काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पछिल्ला छलफल विभिन्न विकल्पमा केन्द्रित भइरहेको बताएका छन्।
उनले सबैभन्दा उपयुक्त विकल्प संविधानलाई जोगाउने, राष्ट्रियतालाई बचाउने रहेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीबार भेटवार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल यस्तो बताएका हुन्।
‘अनेक विकल्पहरुमा छलफल भएका छन्। ती विकल्पमध्ये उपयुक्त विकल्प के हुन्छ, जुन विकल्पले देशको राजनीतिलाई ठीक दिशामा लानसक्छ, जसले संविधानलाई जोगाउन, राष्ट्रियतालाई बचाउन भूमिका खेल्छ, त्यही विकल्पमा जानु पर्छ’, नेपालले भने, ‘त्यसकारण कसले पाउने, कुन व्यक्तिले पाउने, कुन पार्टीले पाउने भन्दा पनि कसरी देशको समस्यालाई सम्बोधन गर्ने भन्ने चाँहि मुख्य कुरा हो।’
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एस पुस १० अघिको तत्कालीन गठबन्धनलाई ब्युँताउने विषयमा छलफल बढाइरहेका छन्। उनीहरुको छलफलमा आसन्न राष्ट्रपति उम्मेदवार केन्द्रमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।