विराटनगर- जेबी टुहुरे फाउण्डेसनको आयोजनामा मोरङको मधुमल्लामा निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श शिविर सेवा सम्पन्न भएको छ। स्वास्थ्य शिविरबाट १ सय १० बिरामीले निःशुल्क सेवा लिएका छन्।
मधुमल्ला अस्पतालमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क चेकजाँच गरिएको थियो। फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले स्वास्थ्य शिविरमा सुगर, प्रेसर तथा मिर्गौला रोगीहरुको ल्याब परीक्षण गरिएको जानकारी दिइन्।
शिविरमा डा सरोज मण्डल, डा अनुपम घिमिरे, डा सलव सापकोटा, डा वीरेन्द्र दुलालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा यौन तथा लागुऔषध दुर्व्यसनीविरुद्ध ‘युवा शिक्षा कार्यक्रम’ मार्फत परामर्श सेवासमेत प्रदान गरिएको थियो। जनप्रिय गायक दिवंगत जेबी टुहुरेको नाममा स्थापित फाउण्डेसनले विभिन्न सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।