फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ। बैठक बिहीबार बिहान ११ बजे, पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बस्ने जनाइएको छ।
बैठकमा राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल हुने जनाइएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते (शनिबार) मनोनयन गर्ने मिति तोकिएको छ।
कांग्रेसका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सारेको उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन्। बुधबार साँझ मात्रै कांग्रेस नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग राष्ट्रपतिका विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड पुरानो (५ दलीय गठबन्धन) ब्यूँताउने सर्तमा कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेका बुझिएको छ। प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि उत्साहित बनेको कांग्रेसले बिहीबारकै बैठकबाट राष्ट्रपतिको उम्मेदवारबारे निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।