काठमाडौं- राष्ट्रपति निर्वाचनलाई लिएर भइरहेको तीव्र भेटघाटकैबीच नेपाली कांग्रेस नेताहरू प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन्।
बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा बालुवाटार प्रवेश गरेका हुन्। माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेको बताइएको छ।
बालुवाटार जानुअघि देउवा लगायतका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल लगायतका नेताहरूसँग धुम्बाराहीमा भेट गरेका थिए।
माओवादीले आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा सघाउनेमा कांग्रेस नेताहरू विश्वस्त छन्। दुई पार्टीबीच आगामी सत्ता साझेदारीका सन्दर्भमा छलफल भइरहेको नेताहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।