काठमाडौं– नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण बताए। बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बीउ र सिँचाईको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्यायो ? भनी सरकारलाई प्रश्न गरे।
उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरु मारमा पर्ने गरी कृषि अनाजहरुको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए।
‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महंगा छन। केही मात्राा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ। यदाकदा कसैले पायो भने त्यसभित्रको यर्थाथता अर्कै छ। खेती गर्ने बेलामा बिउ छैन। चाहिएको बेलामा मल छैन। सिँचाई गर्न पानी छैन। उत्पादन बेच्न बजार पाउन सकिदैन। किसानहरु ऋणमा चुर्लुम्म डुबेका छन्’, सांसद भण्डारीले भने, ‘विचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन। यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने? हाम्रा संरचनाहरु साँच्चै नै निकम्मा भएका छन्?’
सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरु महंगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।