काठमाडौं– सभामुख देवराज घिमिरेले निलम्बित सांसद अरुणकुमार चौधरीले नेपाल सरकारबाट माफी पाएको पत्र संसद्मा पढेर सुनाएका छन्।
करिब १२ वर्षअघि ट्रयाक्टर जलाएको घटनामा दोषी भइ कैलाली जिल्ला आदालतले ६ महिना कैद र ८ लाखको बिगो भुक्तान गर्ने फैसला गरेको थियो।
सोही प्रकरणका कारण चौधरी केही दिनअघि जेल चलान भएका थिए। तर नेपाल सरकारले चौधरीलाई प्रजातन्त्रको अवसरमा माफी दिएको हो। सोही व्यहोरालाई घिमिरेले सदनमा पढेर सुनाएका हुन्।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा सम्मानिय राष्ट्रपतिबाट राष्ट्रिय प्रजातन्त्रको दिवस २०७९ को अवसरमा अरुणकुमार चौधरीलाई आगो लगाएको मुद्दामा कैलाली जिल्ला अदालतबाट लागेको सजाय माफी भएको भनि नेपाल सरकार गृहमन्त्रालयको पत्र प्राप्त भएको जानकारी गराउँछु,’ सभामुखले पढेको पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।