काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपतिको उम्मेदवार राजनीतिक दलभित्रबाटै हुनुपर्ने धारणा सार्वजनिक गरेको छ।
पार्टीको बुधबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले बताएका छन्।
‘उम्मेदवारहरु राजनीतिक दलभित्रबाट हुनेछन्। हाम्रो त्यो धारणा हो। राजनीतिक दलभन्दा बाहिर जाने हाम्रो धराणा छैन,’ खतिवडाले भने।
नेता खतिवडाले आफूहरुले पनि राष्ट्रपतिमा दाबी गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।