काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपति पदको प्रस्ताव आएको भन्नेकुरा हल्ला मात्रै रहेको दाबी गरेका छन्।
नेकपा एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकपछि संचारकर्मीसँग बोल्दै नेता खनालले उक्त दाबी गरेका हुन्।
‘अध्यक्षबाट राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाँहि रिपोर्टिङ भएन। त्यसको अर्थ अहिलेसम्म हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने जो बाहिर हल्ला छ नि त्यो हल्ला मात्रै रहेछ,’ नेता खनालले भने।
राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा अन्य दलहरुसँग पनि छलफल गरेर आवश्यक निर्णयमा पुग्ने नेता खनालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।