प्रतिकात्मक तस्बिर
काठमाडौं– सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
बझाङ र अछाम लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पबाट कुनै क्षति भए, नभएको विवरण भने प्राप्त भएको छैन।
यसअघि गत माघ १० गते बाजुरा नै केन्द्रबिन्दू बनाएर भूकम्प गएको थियो। भूकम्पको धक्काले भीरबाट लडेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको थियो भने दर्जनौं घरहरु भत्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।