काठमाडौं- राष्ट्रपतिबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
बुधबार बस्ने बैठकमा राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवारी दिने/नदिनेबारे छलफल हुने एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
राष्ट्रपतिका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेको चर्चा राजनीतिक वृत्तमा चलेको छ।
राष्ट्रपतिकै विषयमा छलफल गर्न यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।