काठमाडौं– गत साता ग्यास लिक भएर सल्केको आगोबाट घाइते भई मुम्बाईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीले दोहोरो संवाद सुरु गरेका छन्। काठमाडौंमा उपचार सम्भव नभएपछि विशेष विमानमार्फत भण्डारीलाई मुम्बई लगिएको थियो।
सांसद भण्डारीका सचिवालय सदस्य माधव न्यौपानेका अनुसार उनी अहिले दोहोर संवाद गरिरहेको र सबै जानकारी आफैं लिइरहेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत न्यौपानेले उक्त कुरा उल्लेख गरेका हुन्।
‘दोहोरो संवाद गरिरहनुभएको छ। सबै कुराको जानकारी आफैं लिइरहनुभएको छ। खाना मुखबाट खुवाउन सुरु भएको छ। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको छ। हल्का इन्फेक्सनको उपचार भइरहेको छ तर ज्वरो आएको छैन।उच्च इन्फेक्सन नहोस् भनेर भेटघाट गर्न अस्पतालले दिँदैन। अन्य स्वास्थ्य पारामिटर नर्मल छन,’ न्यौपानेले लेखेका छन्, ‘सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।