काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। बुधबार १० बजेपछि उनी बालुवाटार पुगेका हुन्।
राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन्। पुस १० गते प्रचण्ड र ओलीबीच नेकपा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भएको थियो।
परिस्थिति परिवर्तन भएको बताउँदै माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। एमालेले पुस १० कै सहमति पालनामा जोड दिइरहेको छ। सत्ता साझेदारी कायम राख्ने सन्दर्भमा पार्टी बाहिरको उम्मेदवारलाई सघाउने सकिते संकेत समेत एमालेले दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।