काठमाडौं– शिक्षा क्षेत्रमा देखिएका बेथिति समाधान गर्न भन्दै नेत्रविक्रम चन्द विप्लव सी निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा शिक्षा क्षेत्र सुधारका १५ वटा बुँदा समेटिएका छन्।
संघीय शिक्षा ऐन लागू गर्नुपर्ने, अनिवार्य र नि:शुल्क शिक्षाको संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरिएको छ। शिक्षालाई राष्ट्रिय बजेटको २० प्रतिशत छुट्याउनुपर्ने, सामुदायिक विद्यालयको भौतिक पूर्वाधारहरु सुधार गरिनुपर्ने मागहरु पनि उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।