काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।
बुधबारको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रस्तुत गर्ने कार्यसूची छ। साबिकको प्रतिनिधि सभा नियमावलीमा आवश्यक संशोधनका लागि गठित समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति केसीले बैठकमा प्रस्तुत गर्न लागेका हुन्।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।