काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएको छ।
अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत नेताहरुले देउवासँग भेट गर्न लागेका हुन्। राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल गर्न नेताहरुबीच भेटवार्ता हुन लागेको हो। भेट अहिले बिहान ९:३० बजे हुने बताइएको छ।
अध्यक्ष ठाकुरसहित लोसपा नेताहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।