काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन्। लोसपाले राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न बुधबार पार्टी बैठक बोलाएको अघिल्लो दिन ठाकुर प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीका अनुसार राष्ट्रपति निर्वाचनको विषयमा ठाकुर र प्रधानमन्त्रीबीच छलफल भएको छ।
लोसपाले पार्टी अध्यक्ष ठाकुरलाई सर्वसम्मत राष्ट्रपति उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको र त्यसकै लागि आज प्रधानमन्त्रीसँग छलफल गरेको भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।