• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

युवा पुस्तामा हराउँदै मातृभाषा

64x64
रासस मंगलबार, फागुन ९, २०७९  १६:२०
1140x725

चितवन– सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ। मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन्।

नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँछन्। चितवन र तनहुँमा रहेका दराईहरुले मातृ भाषा बढी मात्रामा बोलिने भए पनि अन्य जिल्लामा ज्यादै न्यून हुँदै गएको उनले बताए। 
 
नेपालका १६ जिल्लामा १६ हजार सात सय ८९ जनसङ्ख्या रहेको दराईका बालबालिकामा भने भाषाको ज्ञान ज्यादै न्यून रहेको उनको भनाइ छ। जीवन र जाति संरक्षणमा महत्वपूर्ण हुने मातृ भाषा हराउँदै जानुले भविष्यमा लोप हुने जोखिम रहेको उनको चिन्ता छ।

सरकारले संस्थागत रुपमा अभियान सञ्चालन गरेर मातृभाषा संरक्षणमा काम गर्नुपर्ने उनको सुझाव छ। उनले भने, ‘भाषा संरक्षणका लागि सङ्ग्रहालय जस्ता संरचना निर्माण गरेर काम गर्नुपर्छ। सञ्चारमाध्यमले पनि दराई भाषालाई स्थान दिनुपर्छ।’ 

थारु कल्याणकारी सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी पछिल्लो समय युवा पुस्तामा आफ्नो मातृभाषाको ज्ञान हुनुपर्छ भन्ने भावना जाग्दै गएको बताउँछन्। बीचको समयमा युवा पुस्तामा हराउँदै गएको भाषालाई पुनः जागृत गराउने कार्य भइरहेको उनले बताए। 

उनले भने, ‘मातृभाषाको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्दैछौं।’ देशैभर बोल्ने थारु भाषालाई एउटै मानक भाषा बनाउने काममा कल्याणकारीसभा लागेको उनी बताउँछन्। सरकारले समयमै भाषा संरक्षणमा काम गर्नुपर्ने उनको सुझाव छ। सभाले देशभर झण्डै ४० लाख थारु जाति रहेको जनाउँदै आएको छ भने सरकारी तथ्यांक १७ लाख मात्रै रहेको उनी बताउँछन्। झापादेखि कञ्चनपुरसम्मका तराई र भित्री मदेशमा थारु जातिको बसोबास छ।
 
नेपालका चेपाङ युवा पुस्तामा पनि मातृभाषाको समस्या छ। चेपाङ सङ्घको शिक्षा विभाग हेर्दै आएका तिलकबहादुर चेपाङ ६८ प्रतिशतले मातृभाषा बोल्ने बताउँछन्। भाषाको एकरुपताका लागि तालिम दिने कार्य भइरहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

चेपाङ संघले सबैतिरका चेपाङले बोल्ने भाषालाई संयोजन गरेर शब्दकोषसमेत प्रकाशित गरेको छ। उनको भनाइमा सहरीकरणसँगै युवा पुस्तामा भाषा कमजोर बन्दै गएको छ। यस्तै अवस्था रहेमा चेपाङ भाषा लोप हुने भन्दै उनले भने, ‘सरकारले भाषा संरक्षणमा ध्यान दिएको देखिँदैन।’

चितवन, मकवानपुर र गोरखाका तीन विद्यालयमा चेपाङको मातृभाषामा पढाइ हुँदै आएको छ। चेपाङका शिक्षित युवाले शिक्षक अनुमतिपत्र पाउन नसक्दा भाषा शिक्षकको अभाव भएको उgको गुनासो छ।
 
नेपालमा ७९ हजार चेपाङ समुदाय रहेको तथ्यांक छ। जसको ३६.१ प्रतिशत मात्रै साक्षर रहेको उनले बताए। नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटे ५० प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँछन्। उनले भने, ‘भाषा र संस्कृति हराइसक्यो, जगेर्नाका लागि सुरुवात गरेका छौं।’

युवा पुस्तामा मातृभाषा बोल्ने न्यून हुँदै गएको भन्दै उनले समयमै संरक्षण गर्न नसके लोप हुने चिन्ता व्यक्त गरे। जनसङ्ख्या कम र छरिएर रहेकाले मातृभाषाको प्रयोग कम हुँदै जाँदा संरक्षणमा कठिनाइ भएको उनको भनाइ छ। उनको भनाइमा नौ जिल्लामा एघार हजार नौ सय जनसंख्या रहेको छ ।
 
नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय अध्यक्ष विशाल कुमाल १२ प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँछन्। नेपालमा ७५ जिल्लामा एक लाख २१ हजार एक सय ९६ जनसङ्ख्या रहेको जानकारी दिँदै उनले गाउँघरमा बुढाबुढीले मातृभाषा बोल्ने गरेको बताए। 

Xtrem
Xtrem

उनले भने, ‘बालबालिका अन्य जातिको जस्तो गरी मातृभाषा बोल्दैनन्।’ आफूहरुले राज्यसँग सहकार्य गरेर भाषा संस्कृति संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ। पाठ्यक्रम विकास केन्द्रले २८ वटा मातृभाषाको पाठ्यक्रम तयार गरेको छ। केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल अन्य भाषाको पनि पाठ्यक्रम बन्ने क्रममा रहेको बताउँछन्।

थारु, मैथली, भोजपुरी, अवधि, शेर्पा, मगर, नेवारी जस्ता भाषाको पाठ्यक्रम बनेर प्रयोग राम्रो भए पनि अन्य भाषाको पाठ्ययक्रम बनेको तर प्रयोगमा कम आएको उनले बताए। 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट... सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्