तस्बिर : लोग्शरी कुँवरको फेसबुकबाट।
हेटौंडा– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गरेकी छन्।
उनले मंगलबार बिहान हेटौंडामा रहेको प्रतिष्ठानको भवन उद्घाटन गरेकी हुन्। हेटौंडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी मंगलबार बिहानै हेटौंडा पुगेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।