काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारका लागि राष्ट्रिय सहमतिको खोजी गर्ने भएको छ। सोमबार साँझ बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
साथै बैठकले राष्ट्रिय सहमतिको खोजी गर्ने र अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
महराले भने, ‘हामी हाम्रो पार्टीको स्वार्थमा केन्द्रित रहेर आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको छ। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रप्रति प्रतिबद्ध, संविधानको रक्षा र शान्ति प्रकृया टु्ंग्याउने हो।’
साथै उनले यससम्बन्धी सबै छलफल र अन्तिम निर्णय गर्ने अधिकार बैठकले अध्यक्ष प्रचण्डलाई नै दिएको जानकारी दिए। नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।