काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।
सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिब १ घण्टा देखि छलफल भइरेहको प्रचण्डको सचिवालयले बताएको छ।
आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर दुई नेताबीच भेटवार्ता भएको बताइएको छ। राष्ट्रपति निर्वाचनका लागि फागुन २५ गते मिति तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।