काठमाडौं– नेपाल मामिलाका जानकार मानिने भारतीय प्राध्यापक एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित ४ जनाको नाम सुझाएका छन्। नेपालमा भावी राष्ट्रपतिका विषयमा लिएर राजनीतिक सक्रियता बढिरहेका बेला उनले ट्विटरमार्फत् उपयुक्त पात्र भन्दै ४ जनाको सुझाएका हुन्।
सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा जायज रहेको बताउँदै उनले निर्दलीय व्यक्तित्व राष्ट्रपतिका लागि उपयुक्त हुने पनि उल्लेख गरेका छन्।
उनले राजनीतिक संवेदनशीलतालाई लिएर देवेन्द्र राज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइराला उपयुक्त हुने ट्विटरमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।