काठमाडौं– पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम र छातीसम्बन्धी रोगको उपचारमा रहेका श्रेष्ठको आज (सोमबार) बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए।
मानवअधिकार क्षेत्रका अगुवा तथा वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।
२०४६ सालमा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए। उनका ६ छोरा र १ छोरी छन्। उनको मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।