काठमाडौं– नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक बोलाएको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि सोमबार पदाधिकारी बैठक बोलाएको हो।
बैठक सोमबार अपरान्ह ४ बजे बस्ने बताइएको छ। राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ।
एमालेले पुस १० गतेको सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएको छ। यता विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीले अडान लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।