काठमाडौं– लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री लिला गिरीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
आइतबार भएको मन्त्रिपरिषद् विस्तारमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिएको छ।
यसअघि उक्त मन्त्रालयको जिम्मेवारी एमालेका तुलसीराम शर्माले सम्हालेका थिए। मुख्यमन्त्री गिरीले शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिएका छन्।
आइतबार नियुक्त भएका मन्त्री अहिरले सोमबार बिहान ११ बजे प्रदेश प्रमुख अमिक शेरचेनको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।