• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुनसान छ गुप्तेश्वर महादेवस्थान

64x64
रासस आइतबार, फागुन ७, २०७९  २०:४९
1140x725

पाँचथर– मनोकांक्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेवस्थान अहिले सुनसान छ। गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन्। तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ।

पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरूपका महादेव रहेको विश्वास गरिन्छ। निरन्तर पानी बगिरहने यो गुफाभित्र विभिन्न देवाकृतिहरू देख्न सकिन्छ। 

महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने याङवरक–३ को ओयाम बजारबाट उक्त स्थानमा पुग्न सकिन्छ।

गुप्तेश्वर महादेवस्थान नजिकै इङ्वाखोला जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण भइरहेका कारण सडकबाट बाह्रै महिना महादेव स्थानमा पुग्न सकिने स्थानीयवासी मचिन्द्र सेलिङले बताए। 

गुप्तेश्वरको महिमा
ओयामका ९० वर्षीय लालबहादुर न्यौपानेका अनुसार साक्षात महादेवको दर्शन गुप्तेश्वर महादेव स्थानमा आएर गर्न सकिन्छ। यहाँ गाउँघरमा रहेको जनश्रुतिअनुसार गाई वस्तुले प्रत्येक दिन बाली खाइदिने भएपछि किसानहरूले केले बाली खायो भनेर खोजी गरेका थिए। एक दिन लुकेर ढुक्ने क्रममा एउटा कैलो गोरुले धान खान थाल्यो। किसानहरूले गोरुलाई लखेटे। गोरु अल्लोघारी रहेको घना जङ्गलतर्फ लाग्यो।

भाग्ने क्रममा गोरु ढुङ्गामाथि चढेर हिँडेपछि देख्नेहरु आश्चर्यमा परे। अहिले गुप्तेश्वर महादेवस्थान भएका ठाउँमा ‘गाईखुरे’ नामका ढुङ्गा छन्। गोरु हिँडेका पाइला भएका स्थानलाई नै गाईखुरे ढुङ्गा भनिएको किंवदन्ती रहेको छ। गोरु घुमेर अहिले महादेव स्थान रहेको स्थानबाट हरायो। 

गाउँघरका मानिसहरू भेला भएर खोज्दै जाँदा त्यहाँ महादेवस्थान रहेको पत्ता लाग्यो। गोरु छिरेको गुफाभित्र मूर्ति, देवाकृतिहरू र पानीको धारा भेटिएपछि यहाँ महादेवस्थान रहेको निष्कर्ष निकालिएको न्यौपानेको भनाइ छ।

उक्त स्थानमा विसं १९६५ सालतिर मन्दिर निर्माण भएको स्थानीयवासी बताउँछन्। सो समयमा उक्त क्षेत्रका अगुवा महासेठ बालन्द सुब्बाले मन्दिरको उत्थानमा ठूलो योगदान दिएको र मन्दिरमा धेरै घण्टहरू दान गरेको आफूहरूले पितापुर्खाबाट सुनेको वयोवृद्ध न्यौपानेको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त स्थानमा इन्द्रावती मेला लाग्ने गरेको थियो भने बालाचतुर्दशीका दिन सद्बिज छर्नेको घुइँचो हुन्थ्यो। महासेठ सुब्बाले दान गरेका ठूलाठूला घण्टहरू भने हराएका छन्।

यहाँ निर्माण भएको मन्दिर पनि निकै आकर्षक र पृथक छ। कालो दाल पिसेर भिजाई सिमेन्टका रूपमा प्रयोग गरिएका कारण मन्दिरको संरचना दर्विलो रहेको स्थानीयवासी बताउँछन्। यस स्थानका ढुङ्गा पनि अन्यत्रका भन्दा फरक छन्। यस स्थानमा नयाँ मन्दिर निर्माण गर्ने कुराकानी चले पनि कालीगडले पुरानो मन्दिर भत्काउन नमानेपछि पुरानै मन्दिर कायम राखिएको छ। भगवान्‌को शक्ति रहेकै कारण यहाँ रहेका ठूलाठूला रूख लड्दा मन्दिर जोगाएर आफैं ढल्ने गरेको वयोवृद्ध न्यौपानेको भनाइ छ।

गुफाभित्र ढुङ्गाको दियो रहेको छ। यहाँ निरन्तर पानी झरिरहन्छ। भगवान् शिवको मूर्तिमा पानीका थोपा झर्ने गरेको देख्न सकिन्छ। गुफा डरलाग्दो रहेका कारण एक्लै जाँदा कठिन पर्ने गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपानेको भनाइ छ।

‘यहाँको दृश्य हेर्दा भगवान् साक्षात रहेको अनुभूत गर्न सकिन्छ’, उनले भने, ‘तर गुफाभित्र छिरेर दर्शन गर्न एक्लैलाई भने डर लाग्छ।’ गुफा करिब १५ मिटर लामो छ। कतिपयले यस स्थानमा नाग पनि भेटेका छन् भने कतिपयले बेलुकीको समयमा गाई हिँड्डुल गरेको आवाज सुन्ने गरेका छन्।

Xtrem

Xtrem

पूर्वाधार र प्रचारको आवश्यकता 
ओयामका रुपबहादुर न्यौपाने गुप्तेश्वर महादेव स्थानको अत्यधिक ठूलो महत्त्व रहेको बताउँछन्। ‘यो मन्दिरमा जसले दुःख परेर केही चिताएर आउँछ, उसको इच्छा पूरा हुने गरेको छ। हामीले छोराछोरी नभएका, रोग विराम लागेका कैयौं भक्तजनहरू समस्या समाधान भएको भनेर पुनः दर्शनका लागि आएको पाएका छौं’, न्यौपानेले भने, ‘यस स्थानको विशिष्ट धार्मिक महत्त्व रहेकै कारण पहिल्यैदेखि चर्चित बनेर रहेको छ।’

गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपाने उक्त स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न देश विदेशमा प्रचार–प्रसार गर्नुपर्ने बताउँछन्। ‘विगतमा अष्टादश पुराण लगाइएको थियो। हामी पनि मन्दिरको संरक्षणमा निरन्तर सक्रिय छौं’, उनले भने, ‘ओयामबाटै याङवरक गाउँपालिका अध्यक्ष र नयाँ वडाध्यक्ष निर्वाचित भएपछि यस स्थानको विकासमा सबैको सक्रियता बढेको छ।’

विगतका केही वर्ष निष्क्रिय भई हाल सक्रिय बनेको संरक्षण समितिको खातामा तीन लाख बचत रहेको उनले बताए। प्रचार–प्रसार र पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने उनको माग छ। अहिले पनि मन्दिरको शिरमा चरीबाघ बस्ने गरेको स्थानीयवासी बताउँछन्। यद्यपि उक्त बाघले अहिलेसम्म कसैलाई आक्रमण नगरेको उनीहरूको भनाइ छ।

याङवरक–३ का वडाध्यक्ष विमल राईका अनुसार गुप्तेश्वर महादेव स्थानको विकास र प्रचार–प्रसारका लागि पुरानो समितिलाई पुनर्गठन गरी सक्रिय बनाइएको छ।

यस्तै गाउँपालिकाले उक्त स्थानको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सोही आधारमा काम गर्न लागेको छ। ‘साक्षात भगवान्‌को दर्शन पाइने विश्वास गरिने यस स्थललाई पर्यटकको आकर्षणको स्थान बनाउन हामी लागिपरेका छौं’, वडाध्यक्ष राईले भने, ‘अब समिति पनि सक्रिय भएको छ। धार्मिक गतिविधिहरू तथा प्रचार–प्रसारलाई बढावा दिन्छौं।’

आफ्नो अध्ययनबाट गुप्तेश्वर महादेव स्थान पूर्वकै एक विशिष्ट धार्मिकस्थल रहेको भए पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको वडाध्यक्ष राईको बुझाइ छ।

सोही वडाका बासिन्दा रहेका याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) गुप्तेश्वर महादेवको महिमालाई संसारभर प्रचार–प्रसार गरेर धार्मिक पर्यटक भित्र्याउने आफ्नो योजना रहेको बताउँछन्। ‘पाथीभरा आउने सबै दर्शनार्थीलाई यस स्थानसम्म ल्याउने व्यवस्था गर्नेतर्फ हाम्रो ध्यान गएको छ’, उनले भने, ‘यस स्थानको प्रचार–प्रसार र संवर्द्धनमा हामी लाग्नेछौं।’

गुप्तेश्वर महादेव स्थानमा शताब्दीअघि नै मेला लाग्ने, धार्मिक अनुष्ठान हुने गरेको दृष्टान्तले पनि उक्त स्थान महत्त्वपूर्ण धार्मिक क्षेत्र रहेकामा कुनै शङ्का नरहेको गाउँपालिका अध्यक्ष योङ्याको भनाइ छ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट... सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षि... आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्