काठमाडौं– भारतको जवाहरलाल नेहरु रंगशालामा भएको नेपाल–भारत मैत्रीपूर्ण महिला फुटबल प्रतियोगताकझ दोस्रो खेल पनि नेपालले भारतसँग बराबरी खेलेको छर
शनिबारको खेलमा दुवै टिमले गोल गर्ने मौका पाए पिन जितमा परिणत भने गर्न सकेनन्। मैत्रीपूर्ण खेलका लागि भारतमा रहेको नेपाली महिला फुटबल टोलीले पहिलो खेल २–२ गोलको बराबरी खेलेको थियो।
पहिलो खेलमा नेपालका तर्फबाट सावित्रा भण्डारी एक्लैले दुई गोल गरेकी थिइन्। ओलम्पिक छनोटको तयारीका लागि दुवै देशले मैत्रीपूर्ण खेल खेलेका हुन्।
अन्तिमपटक काठमाडौंमा आयोजित महिला साफ च्याम्पियनसीपमा आमनेसामने भएपछि पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा भएको हो। घरेलु मैदानमा आयोजित साफमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।