• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

टर्की भूकम्प र नेपालले सिक्नुपर्ने पाठ

डा शिव सुवेदी शनिबार, फागुन ६, २०७९  १९:३५
1140x725

काठमाडौं– एक साताअघि टर्कीमा गएको ठूलो भूकम्पले टर्की र छिमेकी सिरियामा ठूलो क्षति पुर्याएको छ। आजसम्म प्राप्त तथ्यांकअनुसार ४०  हजारभन्दा धेरै मानिसहरु गुमाउँदै गर्दा दशौं हजार घाइते भएका छन् भने ८४ अरब अमेरिकी डलरभन्दा धेरैको आर्थिक क्षतिको प्रक्षेपण गरिएको छ।

निरन्तर आइरहेका भूकम्पका पराकम्पनहरु, चिसो तापक्रम, बिजुली र पानी अवरुद्ध लगायतका कारणले आपतकालीन उद्धार कार्यमा अफ्ठेरो परिरहेको छ।

पहिलो ७.८ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिण पूर्वी शहर गाजिएन्टेप नजिकै गएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था, युएसजिएसका अनुसार भूकम्पकाे धक्का लेबनान, इजरायल र साइप्रसमा पनि महसुस गरिएको थियो। ७.८ म्याग्निच्युड भूकम्पको करिब नौ घण्टापछि अर्को ७.५ म्याग्निच्युडको पराकम्पन रेकर्ड गरिएको थियो। 

यो अवधिमा हजारौं पराकम्पनहरु गैसकेका छन् भने अझै पनि जाँदैछन्। टर्की भूकम्पबाट नेपालले सिक्नुपर्ने पाठमा यो लेख केन्द्रित छ।

टर्की भूकम्पको कारण
अरेवियन प्लेटको यूरासीयन प्लेट र एनाटोलियन प्लेटसँग घर्षणको कारणले टर्की र नजिकको क्षेत्रमा साना ठूला भूकम्पहरू गैरहेका हुन्छन्। टर्कीका धेरै जसो जमिन एनाटोलियन प्लेटभित्र पर्छन् र प्लेटको गतिको कारणले हरेक बर्ष टर्की पश्चिमतिर सरिरहेको छ। टर्कीको उत्तरतर्फ लगभग १६०० किलोमिटर लामो नर्थ एनाटोलियन फल्ट जोन छ जसले हरेक बर्ष २०–३० मिलिमिटरको दरमा पश्चिमतर्फ सर्दै एनाटोलियन प्लेटलाई  यूरासीयन प्लेटबाट  अलग गराइरहेको छ। यी विभिन्न प्लेटहरुको गतिविधिले गर्दा टर्की र वरिपरिको क्षेत्रमा भूकम्पहरु नियमित रुपमा गैरहेका हुन्छन्।

क्षतिको प्रमुख कारण
कुनै पनि भूकम्पको म्याग्निच्युड र यस क्षेत्रलाई प्रभावित पार्ने परकम्पबाहेक अन्य कारकहरू पनि भूकम्पबाट हुने क्षतिको लागि जिम्मेवार हुन सक्छन्। टर्की भूकम्प ७.८ को केन्द्रबिन्दु टर्किस शहर नुरदगीभन्दा करिब २६ किलोमीटर पूर्वमा जमिनभन्दा करिब १८ किलोमिटर तल थियो। 

–यो भूकम्पले टर्की र सिरियामा ठूलो विनाश निम्ताउनुको एउटा कारण भूकम्पको रप्चर उत्तर पूर्वी दिशामा हुनु हो,  अर्थात् भूकम्पको शक्तिशाली तरङ्गहरु ठूलो जनसंख्या बसेको ठाउँमा छोटो समयमा सजिलै पुग्न सके। भूकम्पको श्रोत जमिनमा वा जमिनमुनि भएका फल्टहरु हुन्, टर्की भूकम्प ७.८ को केन्द्रबिन्दु पूर्वी एनाटोलियन फल्टमा भएको देखिएको छ। पूर्वी एनाटोलियन फल्ट स्ट्राइक–स्लिप फल्ट हो जहाँ प्लेटहरु एक आपसमा विपरीत दिशामा धकेलिरहेका हुन्छन र कुनै एक प्लेटको अवस्था र स्थिति परिवर्तन नभएसम्म धकेलिरहन्छन्। जसले गर्दा धेरै ठूलो शक्ति प्लेटहरुको बीचमा सञ्चय हुन्छ। स्वाभाविक नै हो, धेरै शक्तिले धेरै ठूलो भूकम्प ल्याउन सक्छ, फलस्वरूप क्षति पनि धेरै हुन्छ।  

–भूकम्पको केन्द्रबिन्दु वा केन्द्रबिन्दुबाट मानिस/भौतिक सम्पतिको दूरी भूकम्पीय क्षतिको एउटा कारक हुन सक्छ। टर्की भूकम्प ७.८ को  केन्द्रबिन्दु गाजिएन्टेप सहर नजिकै रहेको छ। तुलनात्मक रुपमा छोटो समयमा नै भूकम्पका शक्तिशाली तरंगहरु उक्त शहरमा पुगेको हुनाले यस शहरका पूर्वाधार एवं भवनहरुमा सबैभन्दा बढी क्षति पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

–भूकम्पको केन्द्रबिन्दुको गहिराइ पनि भूकम्पीय क्षतिको लागि अर्को प्रमुख कारकको रुपमा लिन सकिन्छ। टर्की भूकम्प ७.८ को गहिराइ करिब १८ किलोमिटर रहेको रिपोर्ट गरिएको छ, ६० किलोमिटरभन्दा कम गहिराइबाट निस्कने भूकम्पीय तरङ्गहरु सामान्यतया टाढासम्म पुग्छन्। कम गहिराइबाट उत्पन्न भएका भूकम्पका तरङ्गहरु सामान्यतया धेरै शक्तिशाली हुन्छन् ( हाइ एम्प्लिच्युड), शक्तिशाली तरङ्गले जमिनलाई दायाँ–बायाँ हल्लाउन सफल हुन्छन्, परिणामस्वरूप भूकम्पको कम्पन तीव्र हुन्छ।

turkey bhukampa1676727925.JPG

भूकम्पको शक्ति भूकम्पको दूरीअनुसार क्रमश: घट्दै जाने हुनाले कुनै पनि भूकम्पमा सबैभन्दा बढी क्षति हुने केन्द्रबिन्दुको सबैभन्दा नजिकका क्षेत्रहरू नै हुन।

–टर्की भूकम्प ७.८ मा अत्यधिक शक्तिको कारणले जमिन नै फुट्यो (सर्फेस रप्चर भयो) फलस्वरूप धेरै ठाउँमा जमिन अत्यन्तै धेरै हल्लियो। रेकर्डहरु हेर्दा एक सेकेन्डमा ८० सेन्टिमिटर भन्दा बढी जमिन हल्लिएको देखाएको छ। साथै, करिब एक करोड भन्दा धेरै जनसंख्याले भूकम्पको शक्तिशाली कम्पन अनुभव गरेका थिए। जमिन कम्पन हुने तीव्रता धेरै हुँदा भवनहरुमा धेरै क्षति हुनेगर्छ।

Xtrem

Xtrem

–भवनको बलियोपन वा पूर्वाधारको संरचनात्मक डिजाइन भूकम्पीय क्षतिको लागि जिम्मेवार अर्को प्रमुख कारक हो। टर्की भूकम्प ७.८ मा अत्यधिक जनसङ्ख्या भएको क्षेत्रमा धेरै संरचनाहरू भत्किएका छन्। पुराना भवनहरु भत्किएका तस्बिरहरूले उक्त भवनहरू आधुनिक भूकम्पीय डिजाइन कोडभन्दा पहिले निर्माण गरिएका थिए वा तिनीहरू यो म्याग्नेच्युड भूकम्पको लागि उपयुक्त रूपमा डिजाइन गरिएका थिएनन् भन्ने देखाउँछन्। भूकम्पीय जोखिम उच्च रहेका ठाउँहरुमा भूकम्प प्रतिरोधी भवनहरु निर्माण गर्न अति आवश्यक छ किनभने भूकम्पको समयमा सबैभन्दा धेरैको ज्यान भवनहरू भत्किँदा जान्छ।

सन् १९९९ मा गएको भूकम्पपछि सन् २००४ बाट टर्की सरकारले भवन निर्माणको लागि नयाँ कानून पारित गरेको थियो जसमा सबै निर्माणलाई आधुनिक भूकम्पसम्बन्धी मापदण्डहरू पालना गर्न आवश्यक छ भनिएको थियो। तर हालसालै निर्माण भएका अपार्टमेन्टहरुले पनि उक्त कानुनको पालना गरेको देखिएन। भूकम्प प्रतिरोधी संरचना निर्माणमा सरकारले नियमित अनुगमन नगर्दा भूकम्पको क्षति धेरै भएको भन्न पनि सकिन्छ।

–भूकम्प स्थानीय समय अनुसार कुन समयमा गयो भन्ने पनि भूकम्पीय क्षतिको लागि महत्वपूर्ण मानिन्छ। टर्की भूकम्प ७.८ स्थानीय समयअनुसार मानिसहरु सुतिरहेको बेला बिहानै गएको हुनाले पनि मानवीय क्षति धेरै भएको हो।

–म्याग्निच्युड ७.५ को शक्तिशाली पराकम्पन पनि क्षति धेरै गराउने अर्को प्रमुख कारण हो, किनभने पहिलो भूकम्पले नढालेका भवनहरु ठूलो पराकम्पनले ढाल्न सक्छ, साथै ठूलो पराकम्पनले गर्दा उद्धार कार्यमा ढिलाई हुँदा थप जनधनको क्षति हुनसक्छ।

नेपालले सिक्नुपर्ने पाठ 
टर्की भूकम्पबाट भएको क्षतिको विवरण आउँदै छ। आजसम्म प्राप्त तथ्यांकअनुसार ४० हजारभन्दा धेरैको मृत्यु भैसकेको छ,  दशौं हजार घाइते भएका छन्। नेपाल र टर्कीको भौगोलिक अवस्था फरक छ भने भूकम्पका वैज्ञानिक कारणहरु केही उस्तै छन् केही फरक छन्। नेपालले टर्कीको भूकम्पबाट निम्न पाठहरु सिक्न सक्दछ।

–सबै भूकम्पहरु गोर्खा भूकम्प जस्तो 'लक्की' हुँदैनन्, टर्कीमा जस्तै कुनै सहरको नजिकै वा सहरमा नै केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गयो भने कसरी मानिसहरुलाई जोगाउन सकिन्छ भनेर आजैबाट तयारी गर्नु पर्दछ। 

–टर्कीमा भूकम्प गएको क्षेत्र वैज्ञानिकहरुले विगतमा भूकम्पको लागि उच्च जोखिम रहेको भनेर वर्गीकरण गरेको क्षेत्र हो। त्यसरी नै नेपालमा पनि वैज्ञानिकहरुले भूकम्पको उच्च जोखिम रहेको क्षेत्रहरु पहिचान गरेका छन्, तसर्थ भूकम्पको उच्च जोखिम रहेका ठाउँहरुका जनतालाई उनीहरु भूकम्पको जोखिममा बसेका छन् र जुनसुकै बेला पनि ठूलो भूकम्प जान सक्छ भनेर सचेत गराउन जरुरी छ।  

–पश्चिम नेपालमा ठूलो भूकम्प नगएको ५०० वर्षभन्दा धेरै भएको छ र त्यो ठाउँमा भूकम्प गयो भने कति टाढासम्म उक्त भूकम्पको दरार जान सक्छ भन्ने पर्याप्त जानकारी हामीसँग छैन। तसर्थ, विकटमा वा निकटमा जहाँ भूकम्प गए पनि हुन सक्ने क्षतिलाई घटाउन आवश्यक तयारीमा लाग्नुपर्छ। 

–टर्कीमा धेरै मानिसको ज्यान जानुको प्रमुख कारण भौतिक संरचना तथा भवनहरु भूकम्प प्रतिरोधी नहुनु हो। नेपालमा पनि धेरै जस्तो संरचनाहरु भूकम्प प्रतिरोधी छैनन्, अझ  ४० प्रतिशतभन्दा धेरै भवनहरु त  ढुंगा र माटोले मात्र बनेका छन्। जुन ठूला भूकम्प जाँदा २–४ सेकेण्ड भित्रमा नै ढल्छन्। भविष्यमा आउने भूकम्पको क्षति न्यूनीकरण गर्नको लागि भूकम्प प्रतिरोधी भवनको निर्माणमा व्यापकता र यसको व्यवहारिक कार्यान्वयनमा धेरै काम गर्नुपर्ने हुन्छ। 

–टर्कीले सन् २००४ देखि नै भवन निर्माण आचारसंहिता बनाएको र प्रयोगमा ल्याएको थियो, तर व्यवहारमा नयाँ र ठूला अपार्टमेन्टहरु पनि पूर्ण रुपमा क्षति भए। नेपालमा पनि २०७२ सालको भूकम्पपछि नयाँ भवन निर्माण आचारसंहिता लागू भएको छ। तर यसको व्यवहारिक प्रयोग कुन मात्रामा भएको छ भनेर स्थानीय र संघ सरकारले सूक्ष्म रुपमा निगरानी गर्नुपर्छ। विकट गाउँहरुमा स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीहरुबाट नै भूकम्प प्रतिरोधी संरचनाहरु बनाउन पहल गर्नुपर्छ। 

–भूकम्पसम्बन्धी नियमित जनचेतना तथा तयारीका उपायको बारेमा समुदायस्तरमा कार्यक्रमहरु गर्नुपर्छ। जसले गर्दा मानिसले भूकम्प जानुअघि, जाँदैगर्दा र गैसकेपछि गर्नुपर्ने कुराहरु र गर्न नहुने कुराहरुको बारेमा राम्रो अभ्यास गरुन्, गलत अभ्यास नगरुन्। 

–भूकम्प शिक्षा, जनचेतना, केही पुराना भवनको सबलीकरण आदिले भूकम्पको जोखिम केही मात्रामा घटाउन  सकिन्छ। नेपालमा भएका दशौं लाख भवनहरु तत्काल भूकम्प प्रतिरोधी बनाउन छोटो समयमा सम्भव हुँदैन, यसो भन्दैगर्दा फेरि भूकम्प आज अहिले बाटपछि जुनसुकै बेला पनि आउन सक्छ।  तसर्थ, छोटो समयमा धेरै ठूलो मात्रामा जनसंख्यालाई भूकम्पबाट बचाउनको लागि भूकम्प पूर्व सूचना प्रणालीको विकास गर्नु अति नै आवश्यक छ।  यदि टर्कीमा पनि भूकम्प पूर्व सूचना प्रणाली हुन्थ्यो भने धेरै मानिसहरुलाई बचाउन सकिन्थ्यो। (डा सुवेदी भूकम्पविद् हुन्)

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित]
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्