काठमाडौं– नामिबिया र नेपालबीचमा भएको तेस्रो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालले ज्ञानेन्द्र मल्ललाई ६५ रनमा गुमाएको हो।
सुरुवातमा कुशल भुर्तेल गुमाएपछि क्रिजमा आएका ज्ञानेन्द्रले मोहमद आशिफ सेखसँग मिलेर नेपालको इनिङ उकासेका थिए। मल्लले ७४ बल खेल्दै पाँच चौका र तीन छक्का प्रहार गरे।
ओपिनिङमा आएका भुर्तेलले ५ बल खेल्दै एक रन मात्र बनाउन सके। अहिले कुशल मल्ल क्रिजमा आएका छन्। नेपालले २७ ओभरमा २ विकेट गुमाएर १५० रन बनाएको छ।
टस जितेको नेपालले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नामिबियाले २७४ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।